प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड


१५ जेष्ठ २०७७, बिहीबार
pm kp oli

काठमाडौं, १५ जेठ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड बजेट छुटाएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा देशभित्र रोजगारीको अवसर बढाउने गरी बजेट छुुटाएको जनाएको छ । 

बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गरिएको छ । यसको लागि ११ अर्ब ६० करोड छुट्याइएको छ ।

कोरोनाका कारण रोजगारी गर्न नसक्ने अवस्थामा सिप रुपान्तरण गरी सीप विकास कार्यक्रम संघ प्रदेशमा सञ्चालन गरिने उनले बताए । सीपमूलक तालिममार्फत ५० हजार जनालाई रोजगारी दिन १ अर्ब विनियोजन गरिएको छ ।

विपन्न परिवारलक्षित खाद्यान्न कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा बताएका छन्  ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७