लकडाउन ६७ औं दिन : निर्वाध रुपमा गुड्दै सवारी, छैन प्रभावकारी चेकिङ {भिडियाे


१६ जेष्ठ २०७७, शुक्रबार
Lockdown 67th day.00 01 44 04.Still005

काठमाडौं, १८ जेठ । सरकारले जारी गरेको लकडाउन दुई महिनादेखि जारी रहेको छ । गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । तर पछिल्लो पटक लकडाउनको उलंघन निकै बढ्न थालेको छ ।

काठमाडौंका बिभिन्न चोक चोकमा प्रहरी बसेपनि प्रभावकारी रुपमा जाँच नहुदा उलंघन बढेको हो । पछिल्लो पटक लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याइएको छ । जेठ २० गतेपछि भने लकडाउनको मोडालिटी परितर्वन गर्ने तयारीमा सरकार छ ।

लकडाउनमा अत्यावश्यक सेवाका सवारी र पासबाहक सवारी मात्रै सञ्चालनमा आउन पाउने भनिएता पनि अन्य सवारीहरु पनि निर्वाध रुपमा गुडेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७