दैलेखमा भारतबाट फर्किएका थप १४ जनामा कोरोना संक्रमण


१७ जेष्ठ २०७७, शनिबार
karnali swsthya bigyan pratistha 1

दैलेख, १७ जेठ । कर्णाली प्रदेशको दैलेखमा आज (शनिबार) विहानै १४ जना कोरोना भाइरस संक्रमण फेला परेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

पीसीआर परीक्षणका गरिएकामध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशाला संयोजक विवेककुमार पुनले पुष्टि गरेका छन् । सुर्खेतमा रहेको प्रयोगशालामा चाप भएपछि सुर्खेत र दैलेखबाट संकलन गरिएको स्वाब जुम्ला पठाइएको थियो ।

आज थपिएका संक्रमित दैलेखको नारायण नगरपालिका वडा नं २ का एक जना, ३ एक जना, ४ का तीनजना, ६ का एकजना, ८ का दुईजना, ९ का दुई जना, १० का दुईजना र ११ का दुई जना रहेका छन् ।

उनीहरु क्रमशः २८, ४१, ३०, १७, २२, २५, २१, २०, २७, १८, २०, ३५, ५०, २३ उमेर समूहका रहेका छन् । संक्रमित सबै केही दिनअघि भारतबाट गाउँ फर्किएका थिए । योसँगै दैलेखमा संक्रमितको सख्या ३० पुगेको छ भने कर्णालीमा ६० पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७