कोरोनाबाट विदेशमा १२१ नेपालीको मृत्यु, बेलायतमा मात्रै ६६ जनाको मृत्यु

विभिन्न ३४ देशमा १४ हजार ४२५ जना नेपाली कोरोना संक्रमित


१८ जेष्ठ २०७७, आईतवार
nrna

काठमाडौं, १८ जेठ । विश्वव्यापी कोरोना भाइरस महामारीका कारण विभिन्न देशमा ज्यान गुमाउनेको नेपालीको संख्या १२१ पुगेको छ ।

यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जानकारी दिएको छ । संघका अनुसार युएईमा एक जना, बेलायतमा एक जना, अमेरिकामा एक जना, बहराइनमा दुई जना, कुवेतमा एक जना र साउदी अरबमा एक जना नेपालीको यो साता मृत्यु भएको हो ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको कोरोना भाइरसका कारण ज्यान गएको छ । समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १९ जना नेपालीको निधन भएको छ ।

त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ, यस्तै साउदी अरबमा आठ जना, बहराइनमा तीन जना, कुवेतमा दुई जना, कतारमा एक जना, आयरल्याण्डमा एक जना, जापानमा एक जना, टर्कीमा एक जना, नेदरल्याण्डस्मा एक जना र स्वीडेनमा एक जनाको मृत्यु भएको छ ।

विभिन्न ३४ देशका १४ हजार ४२५ जना नेपाली संक्रमित
नेपाल बाहेक १४ हजार ४२५ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित रहेको
संयोजक डा.सापकोटाले जानकारी दिएका छन् ।

स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, युएई, युके, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, प्रोतुगल, क्यानाडा, आयरल्याण्ड, माल्दिभ्स, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जिमय, स्वीड्रल्याण्ड, फिनल्याण्ड, जर्मनी, साईप्रस, न्यूजील्याण्ड, हङ्गकंङ्ग, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्वीडेन, नेदरल्याण्ड लगायतका ३४ देशका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये चार हजार पाँच सयभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको सापकोटाले जानकारी दिएका छन् । यो साता डेनमार्क र टर्कीमा नेपालीमा संक्रमण देखिएको हो ।

स्वदेश फर्काउन सहजीकरण गर्दै एनआरएनए
कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने काममा एनआरएनएले सरकारलाई सहयोग गर्ने भएको छ ।

सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णयको गरेको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको निर्णयको स्वागत गर्दै प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गरेका छन् । अप्ठ्यारोमा परेका नेपालीलाई सुरक्षित रुपमा नेपाल फर्काउन गैरआवासीय नेपाली संघ सहजीकरणका लागि तत्पर रहेको उनले बताए ।

विश्वभर छरिएका ८० भन्दा बढी शाखामा कोभिड भाइरसले पारेको प्रभाव, राहत र उद्धारको बारेमा राष्ट्रिय समन्वय परिषदसँग छलफल गरिएको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७