भारतमा कोरोनाबाट ज्यान गुमाउने पाँच हजार नाघे, एक लाख ८१ हजार संक्रमित


१८ जेष्ठ २०७७, आईतवार
korona india 6

काठमाडौं, १८ जेठ । छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउने र संक्रमित हुने क्रम दिनहुँ बढिरहेको छ ।

भारतमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भारतमा पाँच हजार नाघेको छ ।
शनिबार भारतमा दुई सय पाँच जनाको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या पाँच हजार १ ८५ पुगेको वर्ल्डओमिटरले जनाएको छ ।

भारतमा शुक्रबार संक्रमणबाट २६९ जनाले ज्यान गुमाएका थिए । शुक्रबार त्यहाँ आठ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको थियो । भारमा लकडाउन केही खुकुला हुन थालेसँगै कोरोनाको संक्रमण र मृत्युदर उच्च बन्न थालेको हो ।

अहिलेसम्म भारतमा १ लाख ८१ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार एकै दिन त्यहाँ ८ हजार ३ सय ३६ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म भारतमा ८६ हजार ९ सय ३६ जना संक्रमित उपचारपछि निको भएका छन् ।

विश्वभर कोरोना संक्रमणको कारण ३ लाख ७० हजार ५ सयको मृत्यु भइसकेको छ । गएको २४ घण्टामा यसको संक्रमणबाट विश्वभर ४ हजार ७८ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी गएको २४ घण्टामा विश्वभर एक१ लाख २३ हजार ८८२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ६१ लाख ५० हजार २ सय ६२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म विश्वभर गरेर २७ लाख २९ हजार ९ सय ५५ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७