पत्रकारका आफन्तसहित कपिलवस्तुमा आजै थपिए ४० संक्रमित


१९ जेष्ठ २०७७, सोमबार
kapilbastu hospital 20200407004840 1

कपिलवस्तु, १९ जेठ । कपिलवस्तुमा आज (सोमबार) थप ४० जना कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार नयाँ संक्रमितहरु बुद्धभुमी नगरपालिका, शिवराज नगरपालिका, महाराजगंन्ज नगरपालिका र बाणगंगा नगरपालिकाका छन् ।

वाणगंगा नगरपालिकामा भेटिएका २ नयाँ संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङका आधारमा भेटिएका हुन् । उनीहरु यसअघि संक्रमण पुष्टि भएका पत्रकारका आफन्त भएको थापाले बताएका छन् ।

त्यसबाहेक बाँकी सबै क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालयका अनुसार बुद्धभुमी नगरपालिकाका थप १० जनामा संक्रमण भेटिएको हो । उनीहरु १९ देखि ४६ वर्षका हुन् ।

यस्तै शिवराज नगरपालिकाका २६ जना, महाराजगन्ज नगरपालिकाका २ जना र बाणगंगा नगरपालिकाका २ जनामा सोमबार कोरोना पुष्टि भएको हो । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ३१० पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७