भारतबाट आएकालाई बस्ने ठाउँको अभाव, ३४ कोरोना संक्रमित २१८ जनाको हुलमा


२० जेष्ठ २०७७, मंगलवार
narayan secondary school

दैलेख, २० जेठ । दैलेखमा सोमबार साँझसम्म ९८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । जिल्लामा रहेका क्वारेन्टाइन व्यवस्थित छैनन् ।

आइसोलेसन बेडका लागि स्थान अभाव देखिएको छ । आइसोलेसन अस्पताल बनाउने स्थान नै अभाव भएपछि संक्रमित क्वारेन्टाइनमै बस्नुपर्ने बाध्यता छ । क्वारेन्टाइनमा अवस्था पनि भद्रगोल छ । सामाजिक दूरी कायम गरिएको छैन ।

दैलेख बजारस्थित नारायण क्याम्पसको क्वारेन्टाइनमा १२ दिनदेखि दुई सय १८ जना बस्दै आएका छन् । उनीहरूका लागि शौचालय एउटा मात्र छ । स्थान अभाव भएपछि छतमै सुत्नुपर्ने अवस्था आएको छ ।

सोमबार दिउँसोसम्मको रिपोर्टलाई आधार मान्ने हो भने ३४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको छ । उनीहरू अहिले पनि दुई सय १८ जनाकै हुलमै छन् । क–कसको रिपोर्ट पोजेटिभ आएको छ भन्ने जानकारी समेत दिइएको छैन ।

अवस्था जटिल बन्दै जान थालेपछि नारायण क्याम्पसको क्वारेन्टाइन नै सिल गर्नुपर्ने भन्दै स्वास्थ्यकर्मीहरूले सुझाब दिएपछि जिल्ला समन्वय समिति प्रमुख प्रेम थापा, नारायण नगरपालिका नगर प्रमुख रत्नबहादुर खड्का, जिल्ला स्वास्थ्य कार्यालयमा प्रमुख डा. निरञ्जन पन्त र सुरक्षाकर्मीको टोलीले सोमबार छलफल गरेको थियो ।

तर, कुनै निष्कर्ष ननिस्केपछि अपराह्न ४ बजे क्वारेन्टाइनमा बसेकाहरू नाराजुलुस गर्दै झोला बोकेर बाहिर निस्केका थिए । एक घन्टापछि उनीहरूलाई सम्झाई–बुझाई पुनः क्वारेन्टाइनमा राखिएको थियो ।

अधिकांशको रिपोर्ट शंकास्पद आएकाले नारायण क्याम्पसलाई नै आइसोलेसन अस्पतालका रूपमा विकास गर्नुपर्ने अवस्था आएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा.निरञ्जन पन्तले जानकारी दिए । कर्णाली प्रदेश सरकारले जति बिरामी भए पनि जिल्लामै व्यवस्थापन गर्न निर्देशन दिएपछि दैलेखको अवस्था जटिल बन्दै गएको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कोहलपुर–लमही सडकखण्डको जिरोबाट झन्डै दुई किलोमिटर दक्षिणमा जनमुखी सामुदायिक वन उपभोक्ता समूहको भवन छ । चारतिर जाने बाटोको चोकमा रहेको भवन होचो पर्खालले घेरिएको छ । तीन कोठे भवनमा चार हप्तादेखि तीन जना युवक बस्दै आएका छन् ।

सरकारले नेपालगन्ज नाका भएर आउन नदिएपछि तीनै जना नरैनापुर हुँदै राप्तीसोनारी गाउँपालिका–२ स्थित गाउँमा आएका हुन् । पहिले पाँच जना बस्दै आएकोमा दुई जना घर गएपछि तीनजना बस्दै आएको उनीहरूले बताए ।

तीन जना बस्दै आएको सामुदायिक भवनदेखि दुई सय मिटर दक्षिण र पश्चिममा लहरै लागेका घर छन् । भवन सुनसान छ । त्यहाँ न सुरक्षाकर्मी छन्, न त स्वास्थ्यकर्मी र अन्य जनप्रतिनिधि नै । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७