लकडाउन ७१ औं दिन : बढ्दै छ सडकमा सवारी साधन {भिडियो}


२१ जेष्ठ २०७७, बुधबार
Lockdown 71th day.00 00 48 01.Still008

काठमाडौं, २१ जेठ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन जारी छ ।

लकडाउन जारी भएपनि पछिल्लो समय उपत्यकामा सवारी चाप बढेको छ । गत चैत ११ गते देखि जारी गरिएको लकडाउनका कारण जनवीवन प्रभावित भएको छ । त्यसैले मानिसहरु लकडाउनको प्रवाह नगरी काममा निस्कदा उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढ्दै गएको छ ।

शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३२ गते सम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको थियो । उपत्यकाका, तिनकुने, बानेश्वर, माइतीघर, थापाथली लगायतका ठाउँहरुमा सवारी साधनको चाप अत्याधिक बढेको छ । प्रहरीले सवारी जाँचलाई केही खुकुलो बनाएको छ ।

अत्यावश्यक सेवाका सवारी साधन, पास लिएका सवारी साधन, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, निजी क्षेत्रमा कर्मचारी लगायतलाई समेत समान्य सोधपुछ गरी पठाउने गरेको छ ।

यस्तै भित्री सडकमा पनि अत्यावश्यक खाद्य सामग्रीका पसलहरु खुलेको देखिन्छ । लामो समय लकडाउन हुँदा मानिसहरुको आर्थिक जीवन र देशको अर्थतन्त्रमा समेत ठूलो नोक्सानी भएको भन्दै निजी क्षेत्रले सरकारलाई लकडाउनको मोडालिटी परिवर्तन गर्न दवाव दिँदै आएको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौं पुगे

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौं जना पुगेको छ । मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दोलखाको ७६ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको पुष्टि गरे । उनका अनुसार जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगल भर्नामा भएका उनलाई हेमोराइजिक स्ट्रोक भएको थियो ।

उनको अपरेसन गरिएको थियो । जेठ १५ गते स्वाबको परीक्षण पश्चात उनमाा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको र बुधबार निधन भएको हो । उनी आईसीयूमा उपचाररत थिए ।

हालसम्म कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ९ जनाको मृत्यु भएको छ ।

यस्तै आज आज (बुधबार) एकै दिन २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले पछिल्लो २४ घण्टामा थप २०१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार तीन सय पुगेको छ । बुधबार थप १२ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना निको भएर घर फर्कनेको संख्या २७८ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७