तेह्रथुममा पनि देखियो संक्रमण, गर्भवती महिला र सशस्त्रका जवानमा कोरोना


२२ जेष्ठ २०७७, बिहीबार
korona 1

तेह्रथुम, २२ जेठ । आठराइ गाउँपालिकाका–२ जनामा बुधबार कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ ।

आठराई गाउँपालिका–४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा कोरोना भाइरस पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए ।

उनीहरुसहित अन्य १९ जनाको गत जेठ १६ गते स्वाब सङ्कलन गरी विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा परीक्षणका लागि पठाइएको थियो । अन्यको टिपोर्ट आउन बाँकी रहेको प्रजिअ न्यौपानेले जानकारी दिए । कोरोना पोजेटिभ देखिएकी युवती गत जेठ १३ गते भारतबाट कपिलवस्तु नाका हुँदै तेह्रथुम आएकी हुन् । उनी छ महिनाको गर्भवती रहेको प्रशासनले जनाएको छ ।

अर्का सङ्क्रमित सशस्त्र प्रहरी जवान भने गत दुई महिनादेखि क्याम्पमै रहेको प्रजिअ न्यौपानले जानकारी दिए । सङ्क्रमित दुवै जनालाई अहिले आठराइ गाउँपालिकाले तयार गरेको आइसोलेसनमा राखिएको छ ।

दुवैलाई बिहीबार धरानस्थित कोरोना अस्पतालमा उपचारका लागि पठाइने प्रशासनले जनाएको छ । पहिलो पटक कोरोना भाइरस सङ्क्रमित देखिएपछि जिल्लामा उच्च स्वास्थ्य सुरक्षा अपनाइएको प्रजिअ न्यौपानेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७