क्लिनिकभित्रै किशोरीलाई बलात्कार गर्न खोज्ने डाक्टर नक्कली


१० माघ २०७४, बुधबार
rape 4

राजविराज, १० माघ : राजविराजस्थित एक क्लिनिकमा उपचारका लागि गएकी किशोरीमाथि बलात्कारको प्रयास गर्न खोज्ने डाक्टर नक्कली निक्लिएका छन् ।rape11

क्लिनिकमा उपचारका लागि आएकी किशोरीलाई बलात्कार गर्न खोज्ने राजविराज–१ पडरियाका हृदयनारायण झा नक्कली डाक्टर भएको खुलेको छ ।

नेपाल र भारतमा औषधि पसल र क्लिनिकमा काम गरेको आधारमा उनले डेण्टल चिकित्सक बनेर स्थानीयलाई भ्रममा पार्दै आएको खुल्न आएको छ । किशोरीमाथि बलात्कार गर्न खोजेको भन्दै केही दिनअघि झालाई प्रहरीले पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो । झाले डाक्टर बनेर १० वर्षदेखि राजविराज–७ मा आरती डेण्टल क्लिनिक सञ्चालन गर्दै आएका थिए । योग्यता र नेपाल मेडिकल काउन्सिलको लाइसेन्स नै नभएका झाले क्लिनिकमा बिरामी जाँच्ने तथा औषधि लेख्ने गरेका थिए ।

पक्राउ परेसँगै उनले क्लिनिकमा रहेको बोर्डबाट आफ्नो पहिचान मेटाउन लगाएका छन् । ‘डा. एचएन झा–डेन्टिस्ट’ लेखिएको भागलाई केरमेट गरिएको छ । प्रहरी नियन्त्रणमा रहेका झा डाक्टर नै नभएको मेडिकल काउन्सिलका सदस्य डा. कालु सिंहले बताएका छन् । ‘काउन्सिलको दर्ता सूचीमा हृदयनारायणको नाम नै छैन । उनले डाक्टर बनेर ठगी गर्दै आएको देखिन्छ’– डा सिंहले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७