राष्ट्रिय अखण्डताका लागि सबै नेपाली एक छन् : देउवा


३१ जेष्ठ २०७७, शनिबार
deuwa

काठमाडौं, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जो जहाँ भए पनि राष्ट्रिय अखण्डताको विषयमा सबै नेपाली एक रहेको बताएका छन् ।

निशान छापमा समेटिएको नेपालको नक्सा परिवर्तनका लागि भइरहेको संविधान संशोधनको दफावार छलफलमा प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताएका हन् ।

‘नेपाली जनसुकै ठाउँमा भए पनि राष्ट्रको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताका लागि एक छनु र हुन्छन’, उनले भने ।

संशोधन प्रस्तावलाई कांग्रेस केन्द्रीय समिति र संसदीय दलले पूर्ण समर्थन गर्ने निर्णय गरेको जानकारी समेत दिए । उनले यो विषयमा सबै पार्टीको समर्थन देखिनु नेपालीको राष्ट्रिय एकता भएको प्रष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७