मेस्सीको गोलमा बार्सिलोनाको फराकिलो अग्रता


३ असार २०७७, बुधबार
lionel messi 7jphydm08M

काठमाडौं, ३ असार । लेगानेसमाथि जीत हासिल गर्दै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा अग्रता फराकिलो बनाएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना २–० गोलअन्तरले विजयी भएको हो ।

युवा खेलाडी अन्सु फातीले पहिलो हाफको अन्त्यतिर गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । दोस्रो हाफमा कप्तान लियोनेल मेस्सीले पेनाल्टीबाट टोलीका लागि दोस्रो गोल गरे ।

क्लब र देशका लागि मेस्सीको यो ६९९ औं गोल थियो । जीतसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडसँग ५ अंकको अग्रता बनाएको छ ।

तर, रियलले बार्साभन्दा एक खेल कम खेलेको छ । बिहीबार भ्यालेन्सियालाई हराए रियलले दुरी २ अंकमा झार्नेछ । २९ खेलबाट बार्सिलोनाको ६४ अंक रहेको छ । २८ खेलबाट रियल ५९ अंकसहित दोस्रो स्थानमा छ ।

अन्य खेलमा भिल्लेरियालले मायोर्कालाई १–० गोलअन्तरले हरायो भने गेटाफे र एस्पानियोलले गोलरहित बराबरी खेले । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७