भारतका विभिन्न शहरबाट ८३ हजार नेपाली भित्रिए


७ असार २०७७, आईतवार
from india2020 06 05 03 33 20

धनगढी, ७ असार । कैलालीको त्रिनगर भन्सार सीमानाका भई भित्रिने नेपालीको उद्धारकार्य अहिले पनि जारी छ ।

कोरोना भाइरस सन्त्रासका कारण भारतका विभिन्न शहरबाट हिजोआज पनि नेपाली नागरिक त्रिनगर नाका हुँदै भित्रिने क्रम रोकिएको छैन ।

सो नाकाबाट हालसम्म ८३ हजार २० नेपाली स्वदेश भित्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनले जेठ ११ देखि २६ गतेसम्म सीमानाका हुँदै भित्रिने नेपालीको संख्या धेरै हुने गरेको भए पनि अहिले भने भित्रिनेको संख्या घट्दो क्रममा रहेको बताए ।

‘शुरुका दिनमा दैनिक छ हजारसम्म नेपाली भित्रिने गरेका भए पनि त्यो संख्या अहिले ह्वात्तै घटेको छ’, सूचना अधिकारी जोशीले भने, ‘आजभोलि दिनमा चार–पाँच सयसम्म नेपाली भित्रिने गरेका छन् ।’

आउने जति नेपाली नागरिक आइसकेका र भारतका धेरैजसो ठाउँमा लकडाउन खुकुलो भई उनीहरुले काम गर्ने अवसर मिलेकाले पनि अहिले भित्रिनेको संख्या कम रहेको हुनसक्ने उनको अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७