गण्डकी प्रदेशमा विहानै थपिए २० कोरोना संक्रमित, संक्रमितको संख्या ५४० पुग्यो


८ असार २०७७, सोमबार
korona 1

पोखरा, ८ असार । गण्डकी प्रदेशमा आज ९सोमबार० बिहानै २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्याङ्जा र नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० का २० जनामा कोरोना भाइरस पोजिटिभ पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए ।

स्याङ्जामा १२ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ८ जना कोरोना संक्रमित थपिएको उनले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ । उनीहरु सबै भारतबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेका छन् ।
हेर्नुहोस् विज्ञप्ति

g corona 20200622011348

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७