क्रिस्टियानो रोनाल्डाको गोलसँगै युभेन्टसलाई ‘सिरी ए’ मा ४ अंकको अग्रता


९ असार २०७७, मंगलवार
ronaldo 2362020025531 1000x0 1

काठमाडौं, ९ असार । क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा पेनाल्टीबाट गोल गरेपछि युभेन्टसले इटालीको ’सिरी ए’ मा सोमबार बोलोग्नालाई २–० ले हरायो ।

यो जितले प्रशिक्षक मउरिजो सारीमाथिको दबाब कम गरेको छ । कोपा इटालियामा १० दिन अगाडि एसी मिलानविरुद्ध रोनाल्डो पेनाल्टीबाट चुकेका थिए । यसपल्ट उनले त्यो गल्ती गरेनन् र २३ औं मिनेटमा गोल गरे । दोस्रो हाफमा पउल डेबेलाले दोस्रो गोल थपे ।

युभेन्टसको २७ खेलबाट ६६ अंक भएको छ र शीर्ष स्थानमा उसले चार अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको लाजियोले बुधबार एटलान्टाको भ्रमण गर्नेछ । एक खेल कम खेलेको लाजियोको भने ६२ अंक रहेको छ ।

सोमबारको अन्य खेलमा मिलानले लेचेलाई १–० ले हरायो भने फियोरेन्टिना र ब्रेसियाले १–१ को बराबरी खेले । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७