प्रहरी चौकी इञ्चार्ज महिलासँग आपतिजनक अवस्थामा समातिए


प्रकाशित मिति : 24 June, 2020 9:42 am

रौतहट, १० असार । रौतहटको एक प्रहरी चौकीका इञ्चार्जलाई स्थानीय गाउँलेले महिलासँग आपतिजनक अवस्थामा पक्राउ गरेका छन् ।

बसन्तपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सञ्जिव झालाई गए राति एक महिलासँग आपत्तिजनक अवस्थामा भेटेपछि स्थानीयले घेरा हालेर नियन्त्रणमा लिएका हुन् ।

असई झा राजदेवी नगरपालिका–२ मा एक महिलालाई भेट्न राति पुगेका थिए । सोही ठाउँको एक सामुदायिक भवनमा उनलाई महिलासँग आपतिजनक अवस्थामा देखेपछि स्थानीयले घेरेर नियन्त्रणमा लिएका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ ।

कोरोनाको संकटमा नागरिक जुधिरहेका बेला जनताको सुरक्षाका लागि खटिनु पर्ने प्रहरी इञ्चार्ज नै मध्यराति महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ पर्नु लज्जाको विषय भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले झामाथि अनुसन्धान अगाडि बढिसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्