‘अनिकाल’ निम्त्याउने किराका रुपमा परिचित सलहले नेपालमा शुरु गर्‍यो बिगार


१३ असार २०७७, शनिबार
salaha

काठमाडौं, १३ असार । ‘अनिकाल’ निम्त्याउने किराको रुपमा चिनिएको सलह किरा नेपाल प्रवेश गरेको पुष्टि भएको छ ।

नेपाल भित्रिएको सलह किराले नेपालको सर्लाही, बारा र पर्सामा बिगार शुरु गरिसकेको स्थानीयले जानकारी गराएका छन् । आज (शनिबार) सर्लाही, बारा र पर्सामा भेटिएको सलह किराले तरकारी बाली खान शुरु गरिसकेको जनाइएको छ । फट्यांग्राकै एक प्रजतिका रुपमा रहेको सहलले बालीनालीमा एक साथ ठूलो संख्यामा बसेर खाने गर्छ ।

सर्लाहीको तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालय नवलपुरमा विहान सलहको विशाल झुण्ड फेला परेको छ । कार्यक्रम प्रमुख वीपी यादवका अनुसार साँझ ८ बजेसम्म किरा देखिएको थिएन, बिहान ६.१५ मा किरा देखिएको थियो ।

त्यहाँ हजारौंको संख्यामा ठूलो झुण्ड सलह रहेको उनले जानकारी दिए । बाराको निजगढ नगरपालिका–१३ मा ठूलो संख्यामा सलह देखिएको र बालबालिकाले समातेको र मारी समेत रहेका सो वडाका वडाध्यक्ष सूर्य घलानले जानकारी दिएका छन् । एकाएक बालीनालीमा सलहको झण्ड देखिन थालेपछि किसानले थाल ठट्टाएर भोगाउने कोशिस समेत गरिरहेका छन् ।

भारतसँग सीमाना जोडिएका प्रदेश–२ का तीन जिल्लामा सहल देखिएको जानकारीमा आएको तर ठाउँ र सलह किराको प्रजातिबारे यकिन भइनसकेको कृषि मन्त्रालयले जानकारी दिएको छ ।

बारा, पर्सा र सर्लाहीमा छिरेकको सलह रुख तथा जमिनमा बसेको जानकारीमा आएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिएका छन् ।

सहल किरा देखिएका जिल्लाका किसानसहित अरु किसानलाई पनि सचेत रहन मन्त्रालयले आग्रह गरेको छ । किसान एक्लैले सलह किरालाई रोक्न नसक्ने भएकोले ठूलो क्षति हुनबाट रोक्न पालिका र प्रदेश सरकारले आवश्यक समन्वय गर्नुपर्ने उनको आग्रह छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७