रूपन्देहीबाट उडेका सलह पाल्पा पुगे, बालीनाली सखाप हुने चिन्तामा किसान


१४ असार २०७७, आईतवार
salaha 2

पाल्पा, १४ असार । रूपन्देहीको बुटवलबाट उत्तरपश्चिम उडेका सलह पाल्पामा देखिएका छन् । रूपन्देही जिल्लाको बुटवल हुँदै पाल्पाका दोभान, सराई र पोखराथोक क्षेत्रमा देखिएका हुन् ।

कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले पाल्पामा सलह देखिएकाले अन्नबाली जोगाउन भाँडा बजाउन र आगो बालेर धुवाँ बनाउन अनुरोध गरे । जिल्लाका आर्यभञ्ज्याङ, राम्दी क्षेत्रलगायतका किसान सलहबाट उत्पादित खेती नष्ट हुने भएपछि चिन्तित बनेका छन् ।

तानसेन नगरपालिका तथा बगनासकाली र रिब्दीकोट गाउँपालिकाले सामाजिक सञ्जालमार्फत किसानलाई स्थानीय स्रोत–साधनको प्रयोग गरी सलह भगाउन अनुरोध गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७