चाँदीको मूर्तिसहित भारतीय पक्राउ


२१ आश्विन २०७४, शनिबार
arrest पक्राउ

विराटनगर  : चाँदीको मूर्तिसहित एक भारतीयलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  भारतको अररिया जिल्लाको जोगबनी बस्ने १८ वर्षीय दिनेशकुमार साहलाई विराटनगर–१६ स्थित मेटलचोकबाट पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

arrest पक्राउ

सेतो कपडामा बेरेर शरीरका विभिन्न भागमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा विशेष सुराकीका आधारमा इप्रका रानी विराटनगरको टोलीले साहलाई पक्राउ गरेको हो ।

साहका साथबाट रु एक लाख ३० हजार ४२० मूल्य पर्ने चाँदीका मूर्तिका साथै पूजाका सामग्री अन्दाजी दुई किलो १६२ ग्राम बरामद गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७