सेनाको सलामीसहित उसु खेलाडी वीरमानको अन्तिम बिदाइ


१५ असार २०७७, सोमबार
birman waiba

काठमाडौँ, १५ असार । उसु खेलाडी वीरमान वाइबाको आज अन्त्येष्टि गरिएको छ । उनको धार्मिक विधि तथा परम्पराअनुसार स्वयम्भूमा अन्त्येष्टि गरिएको नेपाल उसु महासङ्घले जनाएको छ ।

अन्त्येष्टिअघि वाइबाको शव श्रद्धाञ्जलिका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा राखिएको थियो ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिना, राखेप सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीका सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, राखेपका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन, उसु र क्योकुसिनका प्रशिक्षक, खेलाडीलगायतले वाइबाप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

नेपाली सेनामा आबद्ध उनलाई सेनाले अन्तिम सलामीसमेत दिएको थियो । वाइबाको आइतबार काभ्रेपलाञ्चोकको बेथानचोकस्थित उनकै निवासमा २७ वर्षको उमेरमा निधन भएको थियो । वाइबाले सन् २०१८ मा इण्डोनेसियामा सम्पन्न १८औँ एशियाली खेलकूदमा नेपालबाट सहभागिता जनाएका थिए ।

उनी राखेप च्याम्पियनसिपको पदक विजेता समेत हुन्। शुरुआतमा वाइबा क्योकुसिन करातेका खेलाडी थिए ।

वाइवा विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् । इन्डोनेसियामा सम्पन्न १८ औं एसियन गेम्समा नेपालको प्रतिनिधित्व गरेका थिए ।

एसियन गेम्सको छनोट प्रतियोगिताका रुपमा रहेको राखेप च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै उनी एसियन कपका लागि छनोट भएका थिए । वाइवा तेकोसिन करातेमा नेपालबाट १० पटकभन्दा बढी च्याम्पियन रहिसकेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७