नेकपा स्थायी कमिटी वैठक स्थगित, अध्यक्षद्वयबीच वार्ताको तयारी


१८ असार २०७७, बिहीबार
Nekapa 4

काठमाडौं, १८ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ ।

अहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवाद गर्ने तयारी भइरहेको नेताहरुले जानकारी दिएका छन् । एक स्थायी कमिटी सदस्यले भने, ‘केहीबेर बसेर स्थगित भएको छ । अहिले दुई अध्यक्षबीच संवादको प्रयास भइरहेको छ ।’

नेकपा स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेका छन् । तर प्रधानमन्त्री ओलीले भने बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएर संसद अधिवेशन स्थगित गर्न सिफारिस गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७