प्रदेश-१ मा ३८ नयाँ संक्रमित थपिए, कुन जिल्लाका कति ?


२० असार २०७७, शनिबार
korona 1

विराटनगर, २० असार । प्रदेश–१ मा शुक्रबार ३८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । यसरी संक्रमित हुनेमा चार महिला र ३४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा पाँच–पाँच जनामा कोभिड–१९ पोजेटिभ रिपोर्ट देखिको छ ।

झापाको मेचीनगरमा १४, हल्दीबारीमा तीन, अर्जुनधारामा दुई महिलासहित आठ, विर्तामोडमा एक महिला, कनकाईमा एक महिलासहित दुई, मोरङको विराटनगरमा तीन, बेलबारी र बूढीगङ्गामा एक–एक, उदयपुरको वेलकामा पाँच जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या ६५३ पुगेको छ ।

यस्तै प्रदेशबाट शुक्रबार छ जना संक्रमितको निको भई घर फर्केका छन् । घर फर्कनेमा मोरङका चार र सुनसरीका दुई जना रहेका छन् । प्रदेशमा निको हुने संक्रमितको संख्या ४०६ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७