बझाङ पहिरो : १७ घर पुरिए, बेपत्ता सातमध्ये तीन जनाको शव भेटियो


२० असार २०७७, शनिबार
bajang pahiro

बझाङ, २० असार । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएका छन् । पहिरोमा बेपत्ता सात जनामध्ये तीन जनाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । लगातारको वर्षापछि शुक्रबार राति १२ बजेतिर पहिरो गएको हो ।

११ वर्षकी सुन्ता जेठारा, ७ वर्षकी अस्मिता जेठारा र ११ वर्षका प्रयागराज जेठाराको शव भेटिएको छ भने अन्य चार जना अझै बेपत्ता रहेको वडाध्यक्ष गणेश बोहराले जानकारी दिएका छन् । बेपत्ता भएकाहरुमा ८० वर्षका दले जेठारा २० वर्षका जिरजा जेठारा, ४४ वर्षकी रामदेवी जेठारा र ७ वर्षकी शान्ता जेठारा छन् ।

पुरिएकी रामदेवी जेठाराका मृतक भेटिएका छोरा प्रयागराजसहित छोरी अस्मिता हुन् भने शान्ता बेपत्ता छन् । पुरिएका घरको पशु चौपायसहित खाद्यान धन सम्पति पनि क्षति भएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७