बझाङ पहिरो : एकै परिवारका तीनसहित चार जनाको शव निकालियो, अझै तीन जना बेपत्ता

उद्धारमा हिंडेको सेनाको गाडी दुर्घटना, तीन जना घाइते


२० असार २०७७, शनिबार
bajang pahiro

बझाङ, २० असार । बझाङमा गए राति पहिरोले डेढ दर्जन घर बगाउँदा बेपत्ता भएकामध्ये चार जनाको शव निकालिएको छ ।

बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये चार जनाको शव भेटिएको वडाध्यक्ष गणेश बोहराले जानकारी दिएका छन् ।

‘अहिलेसम्म चार जनाको शव भेटिएको छ’, वडाध्यक्ष बोहराले भने, ‘अझै तीन जना बेपत्ता बेपत्ता छन् ।’ शव भेटिएकामध्य एकै परिवारका तीन जना र अर्का एक जना रहेको उनले जानकारी दिए ।

वडाध्यक्ष बोहरका अनुसार पहिरोले पुरिएर ४४ वर्षीय राममती देवी जेठारा, उनका १२ वर्षीय छोरा प्रयाग जेठारा र १३ वर्षीया छोरी अस्मीता जेठाराको शव फेलाको परेको छ । यस्तै केदारस्युँ गाउँपालिका–८ का ८० वर्षीय दले जेठाराको पनि शव भेटिएको छ । उद्धारका लागि अहिले दुर्गाथली र धोताको प्रहरी टोली घटनास्थल पुगेको छ ।

सो पहिरोमा परी अझै तीन जना बेपत्ता छन् । वडाध्यक्ष बोहराका अनुसार २२ वर्षीय गिरी जेठारा, १५ वर्षीय सन्तु जेठारा र १५ वर्षीय शान्ति जेठाराको अवस्था अझै अज्ञात छ । उनीहरुको खोजी कार्य भइरहेको उनले बताए ।

उद्धारमा हिंडेको सेनाको नै गाडी दुर्घटना, तीन जना घाइते
बझाङको केदारस्युँ गाउँपालिका–८ को मल्लेसिमा गएको पहिरोमा पुरिएकाहरुको उद्धारका लागि हिंडेको नेपाली सेनाको गाडी नै दुर्घटनामा परेको छ ।

केदारस्युँ गाउँपालिका–४ बाग्थलामा नजिकै सेनाको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । दुर्घटनामा तीन जना घाइते भएको छन् । गाडीमा १५ जना सवार थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७