उपत्यकाका यी १० वटा अस्पतालमा देखियो कोरोना संक्रमण, कहाँ कति ?


२२ असार २०७७, सोमबार
Tu Teaching

काठमाडौं, २२ असार । हिजो (आइतबार) काठमाडौं उपत्यकामा थप ३० जना कोरोना संक्रमण पुष्टि भयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार १५ पुरुष र १५ महिलामा संक्रमण देखिएको छ ।

जसमध्ये विभिन्न अस्पतालमा २१ जनामा संक्रमण देखिएको छ भने ४ जना नेपाली सेना र ४ जना सशस्त्र प्रहरी अस्पतालका रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, १ जना बुढानिलकण्ठका स्थानीय रहेको मन्त्रालयले जनाएको छ ।

कुन अस्पतालमा कति ?
आइतबार कोरोना पुष्टि भएकामध्ये युनिफाइड हस्पिटल बलम्बुमा १ जना पुरुष, श्री वीरेन्द्र अस्पताल छाउनीमा १ जना पुरुष रहेका छन् । त्यसैगरी, ह्याम्स अस्पतालमा ३ जना पुरुष र १ जना महिलामा कोरोना देखिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार इशान बाल अस्पताल १ जना महिला, नेपाल मेडिकल कलेज अत्तरखेल २ जना महिला, न्यूरो अस्पताल बाँसबारीमा २ जना पुरुष, त्रिवि शिक्षण अस्पतालबाट ५ जना महिला र १ जना पुरुष रहेका छन् ।

नेपाल पुलिस हस्पिटलमा २ जना महिला, दीघार्यु गुरु अस्पतालमा चाबहिलमा १ जना महिला, चिरायु अस्पतालका १ जना महिलामा पनि कोरोना पुष्टि भएको छ ।

नारायणहिटी ब्यारेक गोरखबहादुर गणका ४ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै, काठमाडौं एपीएफका ४ जना पुरुषमा र यस्तै, एक बुढानिलकण्ठका एक पुरुषमा संक्रमण देखिएको हो ।

अस्पतालहरुमा संक्रमण र जोखिम बढेसँगै चिकित्सकहरुले अत्यवश्यकीय अवस्थामा बाहेक अस्पताल नजान समेत सुझाव दिइरहेका छन् ।

hospita p

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७