दक्षिण चीन सागरमा अमेरिकी नौसेनाकाे सैन्य अभ्यास, प्रतिकारको तयारीमा चीन


२२ असार २०७७, सोमबार
nousena

काठमाडौं, २२ असार । दक्षिण चीन सागरमा अमेरिकी नौसेनाले सैन्य अभ्यास थालेका छन् ।
शनिबार मात्र अमेरिकाले त्यहाँ ठूला विमान वहाक पानीजहाज यूएसएस रोनाल्ड रेगन र यूएसएस मिमिट्ज पठाएको थियो ।

विमान वाहक पानीजहाज र युद्ध पोतहरुसहित दक्षिण चीन सागरमा अमेरिकी नौसेनाले सैन्य अभ्यास थालेपछि चिनियाँ संचार माध्यममा चीनले अमेरिकी कार्यको प्रतिकार गर्ने भनेर रिपोर्टहरु सार्वजनिक गरेका छन् ।

सोही क्षेत्रमा चीनले पनि हालै सैन्य अभ्यास गरिरहेको छ । चीनले उक्त विवादित जलक्षेत्रमा सैन्य अभ्यास थालेपछि नै अमेरिकी नौसेनाले सैन्य अभ्यास गरेको हो ।

एकै क्षेत्रमा अमेरिकी र चिनियाँ सेनाको अभ्यास हुनुलाई अनौठो घटनाको रुपमा हेरिएको छ । अधिकारीहरुका अनुसार चीनले परासेल टापु नजिक सैन्य अभ्यास गरिरहेको छ ।

अमेरिकी नौसेनाले सैन्य अभ्यास गरिरहँदा यूएसएस रोनाल्ड रेगनका कमाण्डर जोर्ज विकअफले भने, ‘सैन्य अभ्यास गरेर हाम्रा साझेदारहरु र सहयोगीहरुलाई यो अस्पष्ट संकेत देखाउनु थियो कि हामी क्षेत्रीय सुरक्षा र स्थिरतामा प्रतिबद्ध छौं ।’

उनले विमान वाहक पानीजहाजलाई कहाँ तैनाथ गरिन्छ भनेर जानकारी भने दिएनन्। तर हालको सैन्य अभ्यास चीनका लागि नभएर चीनको बढ्दो सैन्य दृढताको प्रतिक्रिया भएको बताए ।

अमेरिकी सेनाले हालको सैन्य अभ्यासमा बी ५२ बम्बर पनि समावेश भएको ट्वीटरमा जानकारी दिएको छ । जुनको सुरुवातमा पनि यूएसएस निमिट्जले फिलिपिन्स सागरमा यूएसएस थियोडर रुजभेल्ट विमान वाहकको साथमा सैन्य अभ्यास गरेको थियो ।

चिनियाँ जनमुक्ति सेनाका पूर्व नौसेना अधिकारी वाङ युनफीका अनुसार चीनले अमेरिकी खतरासँग जुध्न तयारी गरिसकेको छ ।

‘अमेरिकाले यस क्षेत्रमा विमान वाहक पानीजहाज तैनाथ गरेपछि चीनले अमेरिकी खतराको धेरैपटक अनुभव गरेको छ’ फोनिक्स टेलिभिजनसँग उनले भनेका छन्, ‘चीन आफ्नो क्षेत्रीय अखण्डता, सार्वभौमिकता र समुद्री रुचीको रक्षा गर्न अमेरिकाबाट खडा गरिएको पछिल्लो खतराबाट डगमगाउँदैन । चिनियाँ सेना अमेरिकी खतरा प्रतिकार गर्न तयार छ ।’ एससीएमपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७