तुलशा आङदेम्बेको नयाँ गीत बजारमा (भिडियाेसहित)
काठमाडौं : गायिका तुलशा आङदेम्बेको नयाँ गीत सार्वजनिक भएको छ । ‘मौषम रंगीन लाग्न थाल्यो, हर्ष मनमा बढ्न थाल्यो कारण तिमी’ बोलको गीत सार्वजनिक भएको हो ।
गीतमा शब्द स्वय गायिका तुलशाको नै रहेको छ भने बाबु बोगटीले संगीत भरेका छन् ।
यस्तै भिडियोमा मोडल बिशाल सेनेहाङ र गायिका तुलशाले नै अभिनय गरेका छन् । उनीहरुको आकर्षक अभिनय रहेको छ । उर्लाबारी होटेल रोयल हेरिटेज र दमक आसपासमा भिडीयोको छायाँङ्कन गरिएको हो ।
https://www.youtube.com/watch?v=vuFWIVh-aWU
छाँयाङ्कन तथा निर्देशन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन् । मोहित मुनालले एरेन्जर गरेको भिडीयोको सम्पादन बुद्ध थापा र दिबुस गजुरेलले गरेका हुन् ।