‘सिरि ए’ फुटबलमा युभेन्ट्स पराजित


२४ असार २०७७, बुधबार
1594167336zlatan FFLawZIZIa

काठमाडौं, २४ असार । सिरि ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्स एसी मिलानसँग पराजित भएको छ । गएराति दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले एसी मिलानसँग ४–२ गोल अन्तरले हार व्यहोरेको हो ।

ज्लाटन ईब्राहिमोभिचको पेनाल्टी गोलसंगै मिलान क्लबले शीर्ष स्थानको युभेन्ट्समाथि पुनरागमन जित निकालेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा एड्रियन रोबोट र क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई २–० को अग्रता दिलाएका थिए ।

सन् १९६१ म पछि रोनाल्डो सिरि ए मा २५ गोल गर्ने पहिलो खेलाडी बने । जुआन कुआड्राडोको पासलाई सदुपयोग गर्दै रोनाल्डोले खेल नियन्त्रणमा राखेका थिए ।

तर ६२ औं मिनेटमा ईब्राहिमोभिचले पेनाल्टीमा घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरे । थप ५ मिनेटको अन्तरमा फ्रेन्क किसी र राफेल लिओले एसी मिलानलाई ३–२ ले अघि बढाए । खेल सकिन १० मिनेट बाँकी रहदाँ एन्टी रेबिकले गोल गर्दै टोलीलाई जित दिलाए ।

पछिल्लो खेलमा पराजित भएसँगै युभेन्ट्सले लिगमा स्पष्ट १० अंकको अग्रता लिने अवसर गुमाएको छ । मिलान क्लब ४९ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । एसी मिलान चौथो स्थानको एटलान्टा भन्दा १४ अंकले पछाडि छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७