रातिदेखि भारी बर्षा : बाढी, पहिरो र डुबानबाट सतर्क रहन आग्रह


२४ असार २०७७, बुधबार
tarai duban 3

काठमाडौं, २४ असार । नेपालमा पनि मनसुन सक्रिय भएको छ । आज (बुधबार) दिउँसो देशका केहि भागमा सामान्य वर्षाको सम्भावना भए पनि रातिदेखि देशभर भारी वर्षा हुने मौसमविदले जानकारी दिएका छन् ।

अहिले (बुधबार बिहान) सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा धनुषा, सिराहा, मोरङ, विराटनगर र यसका आसपास क्षेत्रमा पूर्ण बदली रही थोरै स्थानमा मेगगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम भोलि (बिहीबार) देखि झन बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै भोलि बुधबार देशका अधिकांश भू–भागमा सामान्य बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको जनाएको छ ।

सुदूरपश्चिम प्रदेश, प्रदेश पाँच, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । राति देशका अधिकांश भूभागमा सामान्य बदली भइ प्रदेश पाँच, गण्डकी प्रदेश, वागमती प्रदेश, प्रदेश २ र १ का धेरैजसो स्थानहरुमा वर्षाको सम्भावना छ ।

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बिहीबार पनि देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । शुक्रबार पनि मेघ जर्गनसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान
‘देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, , बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबान समेत हुन सक्ने भएका आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) विहान प्रकाशन गरेको तीन दिनको मौसम अनुमान

m

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७