भगवान नै असुरक्षित !


१५ माघ २०७४, सोमबार
karuna

काभ्रे, १५ माघ : जस्तोसुकै व्यक्ति भए पनि उसको मनमा थोरै भए पनि भगवानप्रति आस्था हुन्छ । उ अप्ठ्यारोमा परेका बेला पनि भगवान पुकार्छ । तर, भगवानसँग नडराउने मान्छेहरु पनि यहि समाजमा छन् ।karuna

जसका कारण समाजका यस्ता केहि मान्छेबाट भगवान नै असुरक्षित भइरहेका छन् । जुन कुरा काभ्रेको करुणा माई मन्दिरको चोरीको घटनाले प्रष्ट बनाउँछ । काभ्रेको करुणामाई मन्दिरका गहना चोरी भएको छ । काभ्रेको बनेपा–४ नालामा रहेको करुणा माई मन्दिर परिसरमा रहेका चाँदीका गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार गए राति चाँदीका पाउजु, सिक्री, ताज मुकुट र चाँदीको पैसाको माला चोरी भएको हो । सोमबार बिहान भक्तजनहरु मन्दिर पुग्दा चोरी भएको थाहा भएको हो । चोरी गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

.

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७