३३ किलो सुन तस्करी प्रकरण : ‘गोरे’ ग्याङका खडकालाई यूएईबाट काठमाडौं ल्याइयो


२७ असार २०७७, शनिबार
gold

काठमाडौं, २७ असार । ३३ किलो सुन तस्करी प्रकरणमा चुँडामणि उप्रेती (गोरे) ग्याङका एक जनालाई युएईमा पक्राउ गरी नेपाल ल्याइएको छ ।

३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका हरिशरण खड्कालाई युएईमा पक्राउ गरी आज (शनिबार) नेपाल ल्याइएको हो । उनलाई पक्राउ गर्नका लागि इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरिएको थियो ।

उनलाई काठमाडौं उत्रिएपछि गौशाला प्रहरीको जिम्मा लगाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका बरिष्ठ प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिएका छन् ।

उनी २०७५ माघमा यूएईमा समातिएका थिए । खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो ।

काभ्रे घर भएका ४२ वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए । वैदेशिक रोजगारीका लागि गएका उनी पछिल्ला वर्षहरुमा जागिर छाडेर सुन तस्करीमा लागेको अनुसन्धानकर्ताहरुको दावी छ ।

यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २१ पुस ०७३ मा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनी मुछिएका थिए । नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर उनले दुबईबाट सुन पठाउने काम गर्दै आएको खुलेको थियो ।

पछिल्ला वर्षहरुमा मोरङ, उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ मार्फत उनले सुन नेपाल भित्र्याउने गरेको उच्चस्तरीय सुन अनुसन्धान समितिले सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७