सेनाको हेलिकोप्टरबाट बारेकोटमा पुर्‍याइयो राहत सामग्री


२७ असार २०७७, शनिबार
f1994d08224726f511ee415207bf83c9 w1000 h500 cp

जाजरकोट, २७ असार । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट राहत सामग्री बोकेर नेपाली सेनाको हेलिकप्टर जाजरकोट बारेकोट गएको छ ।

बिहीबार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–४ जिरीको पहिराले दुई घर बगाउँदा नौं जनाले ज्यान गुमाएका र तीन जना बेपत्ता रहेका पीडित परिवारलाई राहत सामग्री लिएर हेलिकप्टर त्यसतर्फ गएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिए ।

नेपाली सेनाको हेलिकप्टरले २५ त्रिपाल, २५ थान कम्बल, तीन बोरा च्युरा, १८० प्याकेट चाउचाउ र १० बोरा चामलमा तत्काल ५० केजी चामल लिएर त्यसतर्फ गएको सूचना अधिकारी रोकायाले बताए । उनका अनुसार पीडित परिवारलाई थप राहत र विस्थापितहरुको व्यवस्थापनका लागि सरकारले आवश्यक तयारी थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७