निलम्बित राजश्व विभागका महानिर्देशक शर्माविरुद्ध अर्को मुद्दा, चार करोड २९ लाख विगो दावी


१५ माघ २०७४, सोमबार
Chudamani sharma

काठमाण्डौं, १५ माघ : धरौटीमा छुटेका राजश्व विभागका निलम्बित महानिर्देशक चुँडामणि शर्माविरुद्ध अर्को मुद्दा दायर भएको छ ।
उनीविरुद्ध फेरि विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।Chudamani sharma

राजश्व विभागमा रहेकार अनियमितता गरेको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई निलम्बन गरेको थियो । कर फस्र्योट आयोगमार्फत अर्बौं रुपैयाँको कर मिनाहा दिएको अभियोगमा दायर मुद्दा विचाराधीन रहेकै अवस्थामा शर्माविरुद्ध अर्को मुद्दा दायर भएको हो । झण्डै चार महिना लामो अनुसन्धानपछि शर्मामाथि अभियोग–पत्र दायर गरिएको छ ।

गैरकानूनी सम्पत्ति आर्जनको विषयमा बयानका लागि बोलाउँदा पनि शर्मा पूरा समय अख्तियारमा उपस्थित भएका थिएनन् । विरामी भएको निवेदन हालेर उनी वयानमा पूरा समय उपस्थित भएका थिएनन् । अख्तियारमा उपस्थित भएर दिएको वयान र प्राप्त प्रमाणका आधारमा उनीमाथि अभियोग–पत्र तयार भएको अख्तियार स्रोत बताउँछ ।

उक्त मुद्दामा उनीसहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्धको १० अर्ब २ करोड रुपैयाँ बिगोको मुद्दा हाल अदालतमा विचाराधीन छ । कर फस्र्योटको बाँकी फाइलमाथिको अनुसन्धान अझै सकिएको छैन । तत्कालीन कर फस्र्योट आयोगमार्फत अस्वभाविक कर मिनाहा दिइएको अभियोगमा उनी गत जेठमा पक्राउ परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७