अबको आन्दोलन एमालेविरुद्ध हुन्छ : राजेन्द्र महतो


१५ माघ २०७४, सोमबार
mahato

काठमाण्डौं, १५ माघ : राष्ट्रिय जनता पार्टी नेपाला अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले नेकपा एमाले संविधान संशोधनका लागि तयार नभए अबको आन्दोलन एमालेविरुद्ध हुने चेतावनी दिएका छन् ।mahato

एमालेबाट संविधान संशोधनका विषयमा सकारात्मक धारणा नआए र सधैं वाधा पु¥याई रहे उसका विरुद्ध आन्दोलन छेड्ने चेतावनी दिएका छन् । भक्तपुरमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष महतोले वाम गठनबन्धनसँग सरकार गठनका विषयमा सहमति नहुने दावी गरे । ‘एमाले हिजो पनि संविधान संशोधनका विपक्षमा थियो ।

आज पनि उस्तै छ’–उनले भने–‘यदि संविधान संशोधन नभएर हामी जुनसुकै खालको कदम चाल्न बाध्य हुन्छौं ।’ अध्यक्ष महतोले २ नम्बर प्रदेशमा जनताले राजपा र फोरम लोकतान्त्रिक पार्टीलाई सरकार बनाउने म्याण्डेट दिएकाले यहाँ दुई पार्टीको सहमतिमा सरकार निर्माण हुने जानकारी दिए । उनले नेपाल भारतबीच अहिले सीमा विवाद नभएको बताउँदै भारत पक्षको प्रशंसा समेत गर्न भ्याए । उनले भने–‘यदि सीमासम्बन्धी विवाद भए दुई देशका सरकारबीच कुटनीतिक सहमति र छलफलका माध्यमबाट मिलाउन सकिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७