ओली–प्रचण्ड डेढ घण्टा छलफल, जुटेन कुनै सहमति


३० असार २०७७, मंगलवार
PM KP Oli @ CM Parchanda 1536x779 1

काठमाडौं, ३० असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ ।

६ दिनपछि आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पार्टीभित्रको विवाद समाधनका विषयमा डेढ घण्टा एक्ला–एक्लै छलफल भएको हो । दुई अध्यक्षबीचको छलफल सकिए पनि उनीहरुबीच के कुरा भयो र के निचोड निस्कियो भन्नेबारे कुनै औपचारिक जानकारी दिइएको छैन ।

‘दुई अध्यक्षबीच डेढ घण्टा वार्ता भयो तर के–के भयो भन्नेबारे हामीलाई पनि जानकारी छैन’, प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले भने ।

उता प्रधानमन्त्री ओलीका प्रेसविज्ञ रामशरण बजगाईले दुई अध्यक्षबीच राम्रो वातावरणमा छलफल भएको बताएका छन् । ‘कुनै सहमतिको बारेमा जानकारी दिइएको छैन’, उनले भने, ‘सहमति भएकै भए पनि तत्काल देखिँदैन, विस्तारै देखिन्छ ।’

६ दिनअघि एक्ला एक्लै छलफलमा ओली र प्रचण्डबीच भनाभनको अवस्था समेत सिर्जना भएको थियो । सोही क्रममा ओली उठेर हिंडेपछि प्रचण्ड पनि खुमलटार फर्किएका थिए ।
२६ गतेका लागि तय गरिएको स्थायी समितिको बैठक स्थगित गरेर साउन २ गतेको लागि सारिएको थियो ।

असार १० गतेदेखि बसेको स्थायी कमिटीको बैठकमा सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै ओलीको राजीनामा माग भएपछि नेकपाभित्र तीव्र विवाद चुलिएको छ । ओलीको राजनीनामा माग गरेकै कारण नेकपा झण्डै फुट नजिक पुगेको थियो ।

पार्टी फुट्ने खतरा बढेपछि बैठक रोकेर ओली–प्रचण्ड छलफलमा जुटे पनि कुनै सहमति बनेको छैन । प्रधानमन्त्रीले ददुवै पद छाड्नु पर्ने प्रचण्डको अडान र दुवै पद नछाड्ने केपी ओलीको उत्तरका कारण पटक–पटकका छलफल निष्कर्षविहीन बन्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७