‘बालकृष्ण पोखरेल भाषा, साहित्य पुरस्कार’ प्रा.डा. नोवल किशोर राईलाई


१ श्रावण २०७७, बिहीबार
Dr Noval Kishor Rai

काठमाडौं, १ साउन । भाषाशास्त्री प्रा.डा. नोवल किशोर राईले यस वर्षको ‘बालकृष्ण पोखरेल भाषा, साहित्य पुरस्कार’ प्राप्त गरेका छन् । एक लाख राशिको सो पुरस्कार प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले प्रदान गरेको हो।

२०७ औं भानुजयन्तीको अवसरमा मुख्यमन्त्री शेरधन राईले उक्त पुरस्कार प्रदान गरेका थिए । डा. राईले प्राप्त गरेको पुरस्कार रकममध्ये ५० हजार राशि आरोहण गुरुकुल नाट्य समूह विराटनगरलाई र बाँकी ५० हजार राशि कोरोनाभाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई प्रदान गरेको जानकारी दिएका छन्।

नाटकमा अभिनय गर्नुका साथै निर्देशन समेत गरेको बताउने प्रा.डा राईले नाटकमा लगाव भएको र विराटनगरमा खुलेको आरोहण गुरुकुल नाट्य समूहलाई पुरस्कारकाे रकम खुशीले दिएको बताए । र, एक नागरिकको हैसियतले कोरोनाभाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई प्रदान गरेको बताए । उनले भने “पुरस्कार लिनुमा जति आनन्द दिनुमा पनि हुने भएकोले पाएको पुरस्कार आवश्यक परेकालाई अथवा परेको ठाउँमा दिँदै आएको छु।”

कोरोना महामारीका कारण डा.राईको अनुपस्थितिमा उनको प्रतिनिधित्व गर्दै प्रा.डा. टंकप्रसाद न्यौपानेले पुरस्कार ग्रहण गरेका थिए। प्रा.डा राई सहित अन्य १२ जना श्रष्टाहरू पनि जनही ५० हजार राशिका दरले पुरस्कृत भएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७