प्रदेश-१ प्रहरी कार्यालयका थप १९ जनामा कोरोना संक्रमण

समुदायमै संक्रमण फैलिएको स्थानीय प्रशासनको निष्कर्ष


११ श्रावण २०७७, आईतवार
mornag police

मोरङ, ११ साउन । मोरङमा समुदाय तहमा कोरोना भाइरस संक्रमण फैलिएको आशंका भइरहेका बेला प्रदेश–१ प्रहरी कार्यालय विराटनगरमा कार्यरत थप १९ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।

विराटनगर र धरानमा गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेश प्रहरीका प्रवक्ता एसपी दीपक पोखरेलले केहीमा संक्रमण देखिएको बताए पनि संख्या खुलाउन चाहेनन् । उनले भने, ‘सबै विवरण आइसकेको छैन, हामी पनि बुझ्ने क्रममै छौं ।’

यसअघि प्रदेश–१ प्रहरी कार्यालयका पाँच प्रहरी अधिकारीमा संक्रमण देखिएपछि सबै प्रहरीलाई क्वारेन्टिनमा राखेर परीक्षण थालिएको थियो । त्यसक्रममा कोरोना पुष्टि भएको हो ।

समुदायमै कोरोना संक्रमण
विराटनगरमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको स्थानीय प्रशासनले निष्कर्ष निकालेको छ । विराटनगर महानगरपालिकाभित्र बुधबारयता ११ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित

चार जनाको ट्राभल हिस्ट्री र संक्रमण स्रोत नभेटिएको जनाइएको छ ।
बुधबार प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कर्मचारी, विराटनगर अस्पतालका सञ्चालक चिकित्सक र विराटनगर–६ का एक पुरुषलाई संक्रमण पुष्टि भएको थियो ।

बिहीबार प्रदेश प्रहरी कार्यालयमा कार्यरत थप ४ जना प्रहरी कर्मचारी र शुक्रबार विराटनगर–४ का एक पुरुषमा संक्रमण पुष्टि भएको थियो । शनिबार थप तीन जनामा संक्रमण देखिएको थियो ।

बुधबार संक्रमण पुष्टि भएका चिकित्सक र प्रहरीमा कोरोना संक्रमणको स्रोत भेटिएको छैन ।
शुक्रबार कोरोना पुष्टि भएका पुरुषमा पनि ट्राभल हिस्ट्री बाहिरको छैन । शनिबार पुष्टि भएकामध्ये दुई जना विराटनगर–६ मा बुधबार संक्रमण पुष्टि भएका व्यक्तिका श्रीमती र आमा हुन् । अर्का संक्रमित धरानबाट विराटनगर आएका चिकित्सक हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७