२०७७ साउन १४ गते बुधबारको तपाईको राशिफल


१४ श्रावण २०७७, बुधबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी काम धन्दाका लागि खट्नु पर्ने छ । मनमा दुविधा उत्पन्न हुनेछ । चोट पटकको भय छ सचेत रहनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमाइलो यात्रा रहला । आकस्मिक धन लाभ हुनेछ । सन्तान सुख पनि मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ काम सुरु गर्ने समय छ । जोश, जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
बैदेशिक कार्य अघि बढ्ने छ । घर, जग्गाको कारोबारमा सफलता मिल्ने छ । उन्नति एवं प्रगतिको वातावरण बन्ने छ । मेहनतीहरूका लागि दिन फलदायी रहने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । गरेका काममा ढिलासुस्ती हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभकार्यको चर्चा चल्नेछ । छोटो दूरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । आश मारेको काम बन्न सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । शुभकार्यको चर्चा चल्ने छ । भूमिबाट पनि लाभ रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज पारिवारिक जमघट र समर्थन पाईएला । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नो परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । रोकिएको काम पुनः गर्दा फाइदा हुनेछ । समाज सेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाइने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । प्रेम सम्बन्ध कसिलो होला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७