कोरोना नियन्त्रण गर्न प्रदेश–२ मा थप सात करोड निकासा


१६ श्रावण २०७७, शुक्रबार
pradesh no 2

जनकपुर, १६ साउन । प्रदेश नं २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि बिहीबार रु सात करोड निकासा गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोभिड अस्पताल निर्माण गर्न र हाल सञ्चालनमा रहेका आइसोलेसनकक्षको थप व्यवस्थापन, बिरामीको खाना–खाजा र श्ययाको संख्यामा वृद्धिलगायतका लागि सो रकम निकासा गरेको जनाएको छ ।

बाराको सिमरामा कोभिड अस्पताल निर्माण गर्न रु एक करोड ७५ लाख, पर्सामा कोभिड अस्पतालको निर्माण एवं शववाहन तथा एम्बुलेन्स खरिदका लागि रु एक करोड ५० लाख, रौतहट, सप्तरी र सर्लाही जिल्लामा आइसोलेसनकक्षको व्यवस्थापनका लागि रु ७५–७५ लाख तथा धनुषा, महोत्तरी र सिरहाका लागि रु ५०–५० लाख निकासा गरिएको छ ।

आवश्यकताको आधारमा जिल्लाबाट माग भए बमोजिम थप रकम व्यवस्थापन गरिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७