काँग्रेस ३३ दलबीच चुनाव तालमेल सहमति


२२ आश्विन २०७४, आईतवार
nepali congress flag

काठमाडौं : बृहत् लोकतान्त्रिक गठबन्धनको तयारीमा जुटेको नेपाली काँग्रेस ३३ दलीय राष्ट्रिय मोर्चाबीच तालमेलको समझदारी भएको छ । पूर्वमन्त्री एनपी साउद र ३३ दलीय मोर्चाबीच आइतबार चुनावी तालमेलका विषयमा समझदारी भएको हो ।

nepali congress flag

३३ दलीय मोर्चाका तर्फबाट विक्रम कुँवर, विक्रमबहादुर बम, सिद्धार्थ अधिकारी, सुष्मा बडाल, घनेन्द्रबहादुर बस्नेत, आरजु थापा श्रेष्ठ, हु्कुमबहादुर थापा, बद्रिनारायण ठाकुर, गोवद्र्धन दास, भैरवबहादुर कार्कीको नाममा हस्ताक्षर छ । यद्यपि ती कुन पार्टीका प्रतिनिधि हुन् भनेर खुलाइएको छैन ।

एमाले–माओवादी केन्द्र तालमेल र एकीकरणको दिशामा अघि बढेपछि काँग्रेस बृहत् लोकतान्त्रिक गठबन्धनमा जुटेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७