भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिंदै आएका उपसचिव प्रेम सञ्जेलमाथि कार्यकक्षमै कुटपिट


१७ श्रावण २०७७, शनिबार

विराटनगर, १७ साउन । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल कार्यकक्षमै कुटिएका छन् । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिंदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो ।

सञ्जेलमाथि पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायत प्रहार भएको प्रहरीले बताएको छ । कुटपिट गर्ने दुबै जना करारका कर्मचारी हुन् । कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक उपरीक्षक सन्तोष खड्काले कुटपिट गर्ने कर्मचारी र सञ्जेलको विवादबारे बुझ्ने काम भइरहेको जानकारी दिएका छन् । प्रहरी स्रोतका अनुसार सञ्जेलसँग छलफल गर्नुछ भन्दै कार्यकक्षमा प्रवेश गरेका दुई जना कर्मचारीले काममा पेलेको र गालीगलौज गरेको भन्दै कुटपिट गरेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७