सुनको मूल्य प्रतितोला ९९ हजार ६०० पुग्यो


१८ श्रावण २०७७, आईतवार
gold

काठमाडौं, १८ साउन । नेपाली बजारमा सुनको भाउ तोलामै एक लाख रुपैयाँ नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा आज ३ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ आज (आइतबार) प्रतितोला ९९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार छापावाल सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ थियो । महासंघले आइतबारका लागि तेजाबी सुनको भाउ भने ९९ हजार एक सय ६० रुपैयाँ तोकेको छ । यसैगरी चाँदीको भाउ तोलामा १२ सय ३० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बढेको सुनको मागका कारण भाउ निरन्तर बढेको महासंघले जनाएको छ । मूल्य बढेसँगै नयाँ गहन बिक्री शून्य बराबर रहेको तथा पुरानो गहना बेच्नेको संख्या बढ्न थालेको व्यवसायीहरुले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७