रोनाल्डोलाई पछि पार्दै ड्याबाला बने वर्षकै उत्कृष्ट खेलाडी


२१ श्रावण २०७७, बुधबार

काठमाडौं, २१ साउन । युभेन्ट्सका फरवार्ड पाउलो ड्याबाला ‘सिरी ए’ सिजनको यस वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

क्लबका सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै ड्याबालाले यस सिजनको प्लेयर अफ द इयर अवार्ड हात पारेका हुन् ।

सिरी एले वार्षिक रुपमा प्रदान गरिने यो अवार्ड यस वर्ष ड्याबालालाई दिने निर्णय गरेको हो । रोनाल्डोले दोस्रो सिजनमा यो अवार्ड प्राप्त गर्न सकेनन् । पहिलो सिजनमा उनले यो अवार्ड प्राप्त गरेका थिए ।

इटालियन फुटबलको सर्वोच्च संस्थाले अर्जेन्टिनाका अन्तर्राष्ट्रिय खेलाडीलाई मूल्यवान खेलाडीको रुपमा अवार्ड प्रदान गरेको हो । ड्याबालाले यस सिजन ३३ खेलमा ११ गोल गरेका थिए । उनले ११ गोलको अवसर समेत सिर्जना गरेका थिए ।

रोनाल्डो युभेन्ट्समा आएपछि ड्याबाला नयाँ भूमिकामा आफूलाई स्थापित गर्न प्रयासरत छन् । मौरिसियो सर्री युभेन्ट्स आएपछि ड्याबालालाई नयाँ जिम्मेवारी दिएका छन् ।

प्लेमेकरको जिम्मेवारी पाएका ड्याबालाले लगातार नवौं पटक युभेन्ट्सलार्ई लिग जिताउन महत्वपूर्ण जिम्मेवारी निर्वाह गरे । रोनाल्डोले यस सिजन सिरी एमा ३१ गोल गरेका थिए । उनी लाजियोका इम्मोबिलसंग सर्वाधिक गोलकर्ताको दौडमा ५ गोलले पछि परे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७