गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १,५६६ पुग्यो


२२ श्रावण २०७७, बिहीबार
korona 1

पोखरा, २२ साउन । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका थप ११ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएका परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

कास्कीका १, पर्वतका १, गोरखाका ६ र पूर्वीनवलपरासीका ३ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ५६६ पुगेको छ । नेपालमा संक्रमितको संख्या २१ हजार ४१ पुगेको छ ।

gandaki

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७