प्रधानमन्त्री, गृहमन्त्री लगायतलाई भेटेर फर्किएका प्रदेश २ का मन्त्री यादवलाई कोरोना पुष्टि


२२ श्रावण २०७७, बिहीबार
ज्ञानेन्द्र कुमार यादव

काठमाडौं, २२ साउन : प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । बुधबार साँझ आएको कोरोना परीक्षण रिपोर्टअनुसार यादवमा संक्रमण पुष्टि भएको हो ।

Nepal PM meeting with corona affected
प्रदेश २ का कोरोना संक्रमित मन्त्री ज्ञानेन्द्र यादव बायाँबाट तेस्रो ।

मन्त्री यादव प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातैवटा प्रदेशका आन्तरिक मामिला मन्त्री, गृहसचिव लगायतसँगको बैठकमा सहभागी भएर फर्किएका हुन् । मन्त्री यादव प्रहरी समायोजन सम्बन्धी साउन १७ गते बालुवाटारमा भएको बैठकमा सहभागी थिए । सो बैठकले गृह मन्त्रालयले तयार पारेको प्रहरी समायोजन सम्बन्धि प्रस्ताव स्वीकृत गरेको थियो ।

बैठकमा प्रधानमन्त्री ओली ओली, गृहमन्त्री थापा, ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार, प्रहरी महानिरीक्षक लगायत थिए । मन्त्री यादव काठमाडौंबाट साउन १९ गते मन्त्री यादव जनकपुर फर्किएका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७