अख्तियारका थप २२ कर्मचारीमा कोरोना पुष्टि


२२ श्रावण २०७७, बिहीबार
corona virus covod 19

काठमाडाैं, २२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थप २२ कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

मंगलबार १५ सुरक्षाकर्मीको रिपोर्ट पोजिटिभ आएपछि संकलन भएको स्वाब परीक्षण रिपोर्टमा थप २२ जनामा संक्रमण पुष्टि भएको हो।

१५ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि अख्तियारका आयुक्तसहित सबै कर्मचारीलाई होम क्वारेन्टाइनमा राखिएको थियो। स्वाब संकलनपछि भएको परीक्षणमा थप २२ जनामा संक्रमण पुष्टि भएपछि अख्तियारमा मात्र कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३७ पुगेको छ।

अख्तियारले पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टिपछि मात्रै कार्यालयमा आउन कर्मचारीहरुलाई आग्रह गरेको छ ।

मंगलबार १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा परीक्षणको दायरा बढाउँदै जाँदा बिहीबार थप २२ जनामा कोरोना देखिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७