प्रदेश-५ की सांसद कृष्णा केसीलाई कोरोना भाइरस संक्रमण


२५ श्रावण २०७७, आईतवार
krishna kc namuna

बुटवल, २५ साउन । प्रदेश–५ की सांसद कृष्णा केसी (नमूना) लाई कोरोना भाइरस संक्रमण भएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की सांसद केसीले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी छिन् । उनले आफ्नो नजिक सम्पर्कमा आएकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गरेकी छिन् ।

‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्तायता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्दछु,’ सांसद केसीले फेसबुकमा लेखेकी छन् ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा शनिबार बाँकेका ७ जना महिलासहित २० जना कोरोना संक्रमित थपिएका थिए । सांसद केसी आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा कोरोना महामारीका बेला आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने गरेकी थिइन् ।

नेपालगञ्ज तीन दिन ‘शिल’

कोरोना संक्रमण दर बढेपछि नेपालगञ्ज उपमहानगरपालिका तीन दिनसम्म पूर्णरुपमा शिल गरिएको छ । जिल्लास्थित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले शनिबार राति १२ बजेदेखि मंगलबार र राति १२ बजेसम्मका लािग नेपालगन्जलाई चारै दिशाबाट शिल गरेर हिँडडुलमा पूर्णतया रोक लगाएको हो ।

शिल गरिएको अवधिमा सुरक्षा निकाय र स्वास्थ्य बाहेकका सवारी साधन चल्न नपाउने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिएका छन् । यसअघि पनि बाँकेमा निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७