कोरोनाबाट २४ घण्टामै चार जनाको मृत्यु, नेपालमा मृत्तकको संख्या ७९ पुग्यो


२६ श्रावण २०७७, सोमबार
korona death

काठमाडौं, २६ साउन । कोरोना भाइरस संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टाभित्रै चार जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौंका दुई जना, बाँकेका एक जना र पर्साका एक जना छन् । बाँकेक कोहलपुर नगरपालिका– बस्ने ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा साउन २५ गते ३ः१० बजे निधन भएको छ । उनी साउन २३ गते नेपालगञ्ज कलेजमा भर्ना भएकी थिइन् ।

यस्तै पर्साको बेदियानी गाउँपालिका–१५ बस्ने ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी कोभिड अस्थायी अस्पतालमा निधन भएको छ ।

यस्तै काठमाडौं महानगरपालिका मध्य बानेश्वर बस्ने ७६ वर्षीय पुरुषको साउन २६ गते बिहान १०ः१५ बजे निधन भएको छ । उनको मेडिकेयर अस्पतालमा निधन भएको हो ।

काठमाडौंको कीर्तिपुर नगरपालिका ट्याङ्गलाफाँट बस्ने ७७ वर्षीय पुरुषको साउन २६ गते बिहान ५४२ निधन भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ७९ जनाको ज्यान गइसकेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज नेपालमा संक्रमण पुष्टि भएका ३३८ जनामध्ये काठमाडौं उपत्यकाका ४३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । आज (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७