कोरोना नियन्त्रणमा संघीय सरकारको असारसम्मको खर्च ९ अर्ब १६ करोड


२६ श्रावण २०७७, सोमबार
PL Kavre12 1 scaled

काठमाडौं, २६ साउन । नेपालमा कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले असार मसान्तसम्म ९ अर्ब १६ करोड रुपैयाँ खर्च गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणमा अर्थ मन्त्रायले गरेको स्रोत व्यवस्थापन विवरण अनुसार तीन तहका सरकार (संघ, प्रदेश र स्थानीय) लाई निकासाररकमान्तररवित्तीय हस्तान्तरणका माध्यमबाट ७ अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ । यद्यपी तीन तहका सरकारमा गएको रकम कुन प्रयोजनमा कति खर्च भयो भन्ने सम्बन्धमा भने सरकारले विवरण संकलन गरिरहेको छ ।

यस्तो विवरण आगामी महिना (भदौ) मा सार्वजनिक गर्ने तयारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अघिल्लो आवको भदौमा र त्यसपछि चौमासिक रुपमा खर्च विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

संघीय सरकारले खर्च गरेको विवरणमा प्रदेश र स्थानीय तहले आफ्नै स्रोतबाट गरेको खर्च सामेल नरहेको जनाइएको छ । यस आवमा तीन तहका सरकारका विभिन्न निकायमा भएको रकमान्तर तथा निकासा बाहेक कोभिड कोषबाट समेत ६६ करोड निकासा गएको मन्त्रालयले जनाएको छ । उक्त रकम विभिन्न अस्पताल तथा निकायमा दिइएको थियो ।

औषधिजन्य सामग्री खरीदका लागि समेत अर्थ मन्त्रालयबाट १ अर्ब ३६ करोड रुपैयाँको सहमति दिइएको । यो सबै रकम जोड्दा असार मसान्तसम्म ९ अर्ब १६ करोड रुपैयाँ खर्च भएको पाइएको मन्त्रालयले जनाएको छ ।

रकारले कोरोना रोकथाममा करीव १० अर्ब रुपैयाँ खर्च भएको बताएको थियो । तर परदर्शी रुपमा खर्च विवरण दिन नसकेको भनेर आलोचना भइरहेको छ ।

१७ लाख परिवारलाई राहत
अर्थ मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणपछि उत्पन्न परिस्थितिमा समस्यामा परेका १० लाख बढी परिवारलाई राहत उपलब्ध गराइएको थियो । यसरी राहत लिने परिवारको संख्या १७ लाख ९४ रहेको छ ।

शुरुमा स्थानीय तहले राहत बाँडेका थिए । पछिल्लो समय असंगठित क्षेत्रमा काम गर्ने र कोरोनाका कारण रोजगारी वा कामबिहीन भएका श्रमिकलाई सार्वजनिक निकाय वा कार्यालयबाट काममा लगाउने निर्णय भएको थियो । यसरी काम वा श्रममा लगाउँदा उनीहरुलाई दैनिक ज्याला नगद वा खाद्यान्नको रुपमा उपलब्ध गराउने निर्णय सरकारले गरेको थियो ।

यस्तो ज्यालादर तोक्ने जिम्मेवारी भने सम्बन्धित स्थानीय तहलाई दिइएको थियो । सोहीअनुसार काममा लगाएर राहत दिएको अर्थ मन्त्रालयले जनाएको छ । काममा नआउने वा आउन नचाहने तर राहत भने माग्न आउने व्यक्तिलाई भने काम गर्न आएको व्यक्तिको तुलनामा २५ प्रतिशत रकमले हुन आउने बराबरको खाद्यान्न मात्र दिने गरी व्यवस्था मिलाइएको थियो । सोहीअनुसार देशभर ५०४ स्थानीय तहमा राहत कार्यक्रम संचालन भएको र १७ लाख ९४ जना परिवार लाभाविन्त भएको सरकारको तथ्यांक छ ।
कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा स्रोत व्यवस्थापन
निकासा, रकमान्तर र वित्तीय हस्तान्तरण (तीन तहका सरकार) : ७१३ करोड
कोभिड १९ कोषबाट निकासा : ६३ करोड
औषधिजन्य सामग्री खरीद गर्न स्रोत व्यवस्थापन : १३७ करोड

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७