बेरुत विष्फोटपछि ढल्यो लेवनान सरकार, प्रधानमन्त्री हसन दियाबले दिए राजीनामा


२७ श्रावण २०७७, मंगलवार
lebnan 1 jT5cjQBcoq

लेबनान, २७ साउन । लेबनानको बेरुतमा भएको शक्तिशाली विष्फोटपछि सरकार नै ढलेको छ ।
लेबनानका प्रधानमन्त्री हसन दियाबले सरकारबाट राजीनामा दिएका छन् ।

४ अगस्टका दिन राजधानी बेरुतमा भएको भयानक विस्ष्mोटपछि उनको सरकारविरुद्ध चर्को जनआक्रोश देखिएको थियो । २ सयको ज्यान जाने गरी भएको सो विष्फोटका कारण लाखौ मानिस घरबारविहीन भएका थिए । विष्फोटपछि बेरुतमा प्रदर्शनहरु भएका छन् ।

यसअघि नै प्रधानमन्त्री दियाबका क्याबिनेटका चार जना मन्त्रीले राजीनामा घोषणा गरिसकेका छन् । शक्तिशाली विष्फोटपछि परिस्थिति थप असहज हुँदै गएको थियो । त्यही बीचमा प्रधानमन्त्री हसन दीव लगायत पुरै क्याविनेट सदस्यले सोमबार राजीनामा दिएका हुन् ।

lebnan 3 sZTRGZMaN8

प्रधानमन्त्री हसनले सोमबार राष्ट्रिय टेलिभिजनमार्फत राष्ट्रको नाममा सम्बोधन गरी राजीनामा दिएको घोषणा गरेका थिए । प्रधानमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्, ‘हामी यो त्रासदीपूर्ण अवस्थामा जनताका लागि आफ्नो उत्तरदायित्व, जवाफदेही बन्दै जनताको वास्तविक परिवर्तनको चाहनाको कदर गर्न चाहन्छौं ।’

राजीनामा पछि अब संसदले नयाँ प्रधानमन्त्री चुन्नेछ । पछिल्लो हप्ता मंगलबार राजधानी बेरुतमा शक्तिशाली विष्फोट हुँदा २२० जनाको मृत्यु भएको थियो भने ११० जनाभन्दा बढी अझै बेपत्ता रहेका छन् । उक्त विष्फोटमा ६ हजारभन्दा बढी घाइते भएका थिए ।

यो विष्फोटपछि लेबनानमा आर्थिक संकट गहिरिएको छ भने शहरमा प्रदर्शन चर्किएको छ । प्रदर्शनकारीहरुले सरकारसँग शहरको मध्यभागमा विष्फोटक पदार्थ राख्नुको कारणबारे जवाफ मागिरहेका छन् । हजारौं मानिसहरु बेरुतको सडकमा प्रदर्शन गरिरहेका छन् ।

प्रधानमन्त्री हसनले विष्फोट हुनुको मुख्य कारण विगत ६ वर्षदेखि बेरुत बन्दगाहमा भण्डारण गरिएको अमोनियम नाइट्रेट रहेको प्रष्ट पारेका थिए । बन्दगाहमा रहेको सो गोदाममा २७५० टन अमोनिय नाइट्रेट भण्डारण गरिएको थियो, जसमा आगो लाग्दा शक्तिशाली विष्फोट भएको सञ्चारमाध्यामहरुले जनाएका छन् । यो विष्फोटपछि बेरुतमा कम्तिमा ३ अर्ब डलरको नोक्सान भएको जनाइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७